श्री मिठाराम हुमाँगाई (प्रमुख तथा कार्यकारी अधिकृत)

देशको राजधानी काठमाडौंको उत्तर पश्चिम ६८ कि.मी. मा पर्ने नुवाकोट जिल्लाको सदरमुकाम "विदुर" को नामबाट परिचित छ । यस न.पा. तत्कालीन श्री ५ को सरकारको २०४३ फागुन १८ को निर्णय अनुसार गठन भएको हो । ३४.५५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिकाको धेरै भाग समथर मैदानले ओगटेको भएतापनि केही भाग पहाडी क्षेत्रमा पनि पर्दछ । ११ वडामा विभक्त यस नगरपालिका तत्कालीन भैरवी, त्रिशूली, विदुर र तुप्चे गाविसहरुको केही भाग समेत समेटेर गठन भएको हो ।








